मतदान सामग्री लिएर निस्किए कास्कीका निर्वाचन कर्मचारी
पोखरा । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि सामग्री लिएर कास्कीका मतदान स्थलमा कर्मचारी खटिएका छन् । कास्कीका दुर्गम ठाउँहरूमा आइतबार नै मतदान सामग्री पठाइएको छ भने नजिकका क्षेत्रमा सोमबार लगिएको हो ।
निर्वाचनमा खटिएका कर्मचारीलाई आयोगले मतदानका सामग्री हस्तान्तरण गरी पठाएको प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख नारायण ढकालले जानकारी दिए । उनले आज सबै जना मतदानस्थलमा पुगेर सूचना निकाल्ने काम गर्ने गरेको बताए ।
निर्वाचनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताएको छ । निर्वाचनकाका लागि आवश्यक पर्ने विभिन्न सामग्रीहरू बुझेर मतदान अधिकृत सहित सुरक्षा निकाय मतदान केन्द्र पुगेका हुन् । कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ मतदाता छन् ।
तीमध्ये १ लाख ४८ हजार ४ सय १५ पुरुष र १ लाख ६० हजार १ सय ५३ महिला तथा ४ जना अन्य मतदाता छन् । जिल्लाभर १ सय ५५ मतदानस्थल र ३ सय ६५ मतदान केन्द्र तोकिएको छ । एउटा केन्द्रमा स्वयम सेवक सहित ११ जना कर्मचारी खटिने छन् ।
कास्की मा २१ सय ८४ जना कर्मचारी खटिएका छन् । निर्वाचनमा खटिएका कर्मचारी सोमबार नै मतदान केन्द्रमा पुगेर सूचना टाँस गर्ने छन् । गण्डकी प्रदेशका १८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ३० जना स्वतन्त्र उम्मेदवार सहित २ सय ३४ जनाले उम्मेदवारी दिएका छन् ।
सबै जिल्लामा निर्वाचन सामग्री लगिसकेको छ । फागुन २१ बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानका हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घको अध्यक्षमा सिटौला मनोनित
-
पदत्याग गर्दै भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले के भने ?
-
वित्तीय शोषणविरूद्ध साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ हुँदै
-
३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा
-
बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति
-
ग्रेटवाल : ढुङ्गामा कुँदिएको इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण