इरानविरुद्धको सैन्य कारबाही स्पेनद्वारा अस्वीकार, बेलायतको ढिलाइले ट्रम्प आक्रोशित
मड्रिड । स्पेनले इरानविरुद्धको सम्भावित सैन्य कारबाहीका लागि अमेरिकालाई आफ्ना सैन्य अड्डा प्रयोग गर्न इन्कार गरेको छ ।
स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अल्बारेसले स्पेनिस आधारहरू यस अभियानका लागि प्रयोगमा नल्याइएको र यस्तो कुनै कारबाहीका लागि प्रयोग नगरिने बताएका छन् । यो निर्णयपछि स्पेनको रोटा र मोरन एयरबेसबाट १५ अमेरिकी विमानहरू प्रस्थान गरेका छन् ।
यसैबिच युद्धको बिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पुरानो सहयोगी बेलायतप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ब्रिटिश प्रधानमन्त्री कीर स्टार्मरले अमेरिकालाई हिन्द महासागरमा रहेको आफ्नो सैन्य अड्डा डिएगो गार्शिया दिन ढिलाइ गरेका थिए ।
अमेरिका युद्धको पहिलो दिनमै यस अड्डाबाट इरानमाथि हमला गर्न चाहन्थ्यो, तर बेलायतले ४८ घण्टापछि मात्रै यसको अनुमति दिँदै अमेरिकालाई यहाँबाट इरानका मिसाइल ठेगानाहरूलाई मात्रै निशाना बनाउने अनुमति हुने बताएको थियो । यसलाई लिएर ट्रम्पले ब्रिटिश प्रधानमन्त्रीसँग निराशा व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण