चन्दा नदिएपछि कांग्रेस सांसद शाहले फसाउन खोजेको आरोप
भक्तपुर– नेकपा निकट व्यवसायी रोमन शिलाकारले नेपाली कांग्रेसबाट निर्वाचित सांंसद अभिषेक प्रताप शाहको निर्देशनमा केही व्यक्तिहरु आफुलाई फसाउन सक्रिय भएको आरोप लगाएका छन् । प्रदेशसभाको निर्वाचनमा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (ख)मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका शिलाकारले कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का कांग्रेसका निर्वाचित सांसदले चन्दा नदिएपछि आफुलाई फसाउन खोजको बताए ।
विहिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै शिलाकारले भने, ‘२०७४ साल माघमा सांसद शाहले मसँग २० लाख रुपैँया चन्दा सहयोग माग्नु भएको थियो, मैले उक्त रकम दिन सक्दिन भने ।’ ‘त्यसपछि पून साउन १ गते उनले आफैं फोन गरेर फेरि ५ लाख चन्दा सहयोग माग्नु भयो, मैले उहाँले मागेको रकम चन्दा नदिएपछि उहाँको निर्देशनमा मलाई नियोजित रुपमा फसाँउन लाग्नु भएको छ,’ शिलाकारले पत्रकारहरुसँग भने ।
साउन ६ गते आइतबार राती ९ कपिलवस्तु जिल्लाको रहेको उनको नेपाल इन्डो इन्ड्रट्रिज प्रालिद्धारा सञ्चालित प्लाईउड उद्योगमा जबरजस्ती सांसद शाह निकट व्यक्तिभित्र फसेको उनको आरोप रहेको छ । भारतीय नम्बर प्लेटको गाडी यूपी ३२ एचए ००२३ नम्बरको गाडीमा भएका व्यक्तिहरुले लु १ त ३५५३ नम्बरको ट्राक्टरमा युरिया मल ल्याएर उद्योगमा झारेको र फोटो खिचेर मल तस्कर गरेको भन्दै हल्ला गरेको उनको भनाई छ ।
सांसद शाहको चन्दा आंतकबाट विगतदेखिनै त्यसक्षेत्रका व्यवसायीहरु पीडित हुँदै आएको समेत शिलाकारले आरोप लगाए । उनले भने ‘केही सञ्चार माध्यमा कपिलवस्तुका प्रहरी उपरिक्षक मनोज यादवको समेत मिलोमतो भनेर प्रहरी र आफु बदनाम गराउने प्रयास भएको छ ।’
प्रहरीले आफ्नो उद्योगभित्र जवरजस्ती प्रवेश गर्ने सुदाम यादव, शशिकान्त खेर, राकेशमणि त्रिपाठी र महेश पासवानलाई पक्राउ गरेको समेत उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण