काठमाडौँको चपलीमा शङ्कास्पद बस्तु फेला, डिस्पोज गरिँदै
सारांश
- काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा शङ्कास्पद वस्तु फेला परेको छ।
- प्रहरीका अनुसार, वस्तु बम हो वा होक्स भन्ने यकिन भएको छैन।
- सेनाले उक्त शङ्कास्पद वस्तुलाई निष्क्रिय पार्ने प्रयास गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर प्रेसर कुकरमा तार जोडेर छाडेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
सो बस्तु बम हो वा होक्स भन्ने यकिन नभएको एसपी भट्टराईले जानकारी दिए । मध्यराति फेला परेको शङ्कास्पद बस्तु बुधवार बिहान सेनाले निष्क्रिय बनाउँदै छ ।
घटनास्थलमा पुगेर सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने प्रयास गरिरहेको छ । चपली स्थित मसला फ्याक्ट्रीबाट चुनीखेल जाने सडकमा शङ्कास्पद बस्तु भेटिएपनि रातभर सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका थिए ।
बम डिपस्पोज गर्न सेनाको चन्दन नाथ गणबाट १५ जनाको टिम परिचालन गरिएको छ । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू पनि खटिएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण