३ करोड माथिको घरजग्गा कारोबार लाइसेन्सप्राप्त कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था तत्काललाई स्थगित
सारांश
- सरकारले महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबारमा गरेको नयाँ नियम तत्कालका लागि स्थगित भएको छ।
- भूमि व्यवस्थापन विभागले प्राविधिक तयारी नपुगेको भन्दै पुरानै प्रक्रियाबाट काम गर्न निर्देशन दिएको छ।
- नयाँ नियमअनुसार, ३६ वटा इजाजतप्राप्त कम्पनीमार्फत कारोबार गर्नुपर्ने व्यवस्था फागुन २५ गतेबाट लागू हुने तयारी थियो।
काठमाडौँ । सरकारले महानगरपालिका र उपमहानगरपालिकाहरूमा ३ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्दा अनिवार्य रूपमा इजाजतप्राप्त कम्पनीमार्फत मात्र गर्नुपर्ने पछिल्लो निर्णय तत्कालका लागि स्थगित गरेकाे छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले बुधबार (फागुन १९ गते) मातहतका मालपोत कार्यालयहरूलाई नयाँ सूचना जारी गर्दै पुरानै (साबिककै) प्रक्रिया अनुसार कामकारबाही अघि बढाउन निर्देशन दिएको हो ।
विभागले गत फागुन ८ गते उक्त नयाँ व्यवस्था कार्यान्वयनका लागि गरेको परिपत्र हाललाई स्थगन गरेको छ । निर्णय स्थगित हुनुको मुख्य कारण प्राविधिक तयारी अपुग हुनु रहेको विभागले जनाएको छ ।
मालपोत नियमावली, २०३६ को नियम २३ ९ठ० अनुसार यस्ता इजाजतप्राप्त व्यक्ति वा संस्थाले अनिवार्य रूपमा भू–सेवा केन्द्र सञ्चालन गरेर भू–सूचना प्रणालीमार्फत कारोबार गर्नुपर्ने कानुनी प्रावधान छ । तर सरकारबाट इजाजत पाएका ३६ वटा कम्पनीले हालसम्म भू–सेवा केन्द्र सञ्चालनको अनुमति नपाइसकेको र प्राविधिक कामहरू समेत बाँकी नै रहेकाले अर्को आदेश नभएसम्मका लागि यो नियम रोकिएको छ ।
घरजग्गा कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले विभागले मालपोत ऐन, २०३४ को दफा २६ (क) बमोजिम ३६ वटा कम्पनीलाई कारोबारको इजाजत दिएको थियो ।
सोही व्यवस्थाअनुसार आगामी फागुन २५ गतेदेखि काठमाडौँ, ललितपुर, भरतपुर, वीरगञ्ज र विराटनगर जस्ता महानगरपालिकासहित देशका ११ वटै उपमहानगरपालिकाभित्र ३ करोडभन्दा बढी थैली अङ्क भएको घरजग्गा खरिद–बिक्री गर्दा ती सूचीकृत कम्पनीमार्फत मात्र गर्नुपर्ने नियम लागू हुँदै थियो।
विभागको यो पछिल्लो कदमसँगै अब सर्वसाधारणले तत्कालका लागि ३ करोडभन्दा माथिको घरजग्गा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा इजाजतप्राप्त कम्पनी खोजिरहनु पर्ने छैन ।
सेवाग्राहीले पहिलेकै नियमित प्रक्रियाबाटै आफ्नो घरजग्गाको लिखत पारित र नामसारी गर्न सक्नेछन्। इजाजतप्राप्त कम्पनीहरूले प्राविधिक तयारी पूरा गरी भू–सेवा केन्द्र सञ्चालनको अनुमति पाएपछि मात्र यो नयाँ व्यवस्था फेरि कार्यान्वयनमा आउने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण