निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा मतदान स्थलहरु निर्वाचनका लागि तयार भएका छन् । निर्वाचन आयोगको तालिकाअनुसार काठमाडौं जिल्लाका सबै निर्वाचन क्षेत्रमा आवश्यक पूर्वाधारसहितका मतदान केन्द्रहरु निर्माणको काम लगभग सकिएको छ ।
काठमाडौंका प्रमुख चोक, विद्यालय तथा सार्वजनिक स्थलहरुमा अस्थायी टहरा निर्माण, तारबार लगाउने र रङरोगन गर्ने कार्य भइरहेको छ । विशेषगरी अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई सहज हुने गरी मतदान केन्द्रहरुलाई अपाङ्गमैत्री बनाउन विशेष ध्यान दिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रत्येक मतदान स्थलमा सिसिटिभी क्यामेरा जडान गर्नुका साथै पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । संवेदनशील मानिएका मतदान केन्द्रहरुमा थप सुरक्षा बल तैनाथ गरिने प्रशासनले स्पष्ट पारेको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण