निर्वाचनका कारण ललितपुरमा बिहीबार फोहोर सङ्कलन स्थगित
बुधबार, २० फागुन २०८२, १३ : ५३
सारांश
- ललितपुर महानगरपालिकाले भोलि फोहोर सङ्कलन र सरसफाइ स्थगित गर्ने भएको छ।
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को कारणले गर्दा फोहोर सङ्कलन स्थगित गरिएको हो।
- महानगरले फोहोरलाई जथाभाबी फाल्न नहुने कुरामा जोड दिएको छ।
काठमाडौँ । ललितपुर महानगरपालिकाले भोलि बिहीबार फोहोर सङ्कलन तथा सरसफाइका सम्पूर्ण कार्यहरू स्थगित गर्ने भएको छ । महानगरपालिकाको वातावरण तथा सरसफाइ शाखाले आज एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का कारण बिहीबारका लागि नियमित फोहोर सङ्कलन कार्य स्थगित गरिएको जानकारी गराएको हो ।
सूचना अनुसार नियमित रूपमा सञ्चालन हुँदै आएको फोहोर मैला सङ्कलन तथा सरसफाइ कार्य निर्वाचनका कारण स्थगित गर्नुपरेको हो । फोहोर सङ्कलन कार्य स्थगित हुने भएपछि महानगरले फोहोरलाई जथाभाबी सडक, सार्वजनिक स्थल वा खुल्ला ठाउँमा नफाल्न विशेष आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
-
दुई दशकदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन पहल
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण