पूर्वराष्ट्रपतिले बुढानीलकण्ठ र प्रधानमन्त्रीले टोखाबाट मतदान गर्ने, झलनाथ पुगे इलाम
सारांश
- भोलि फागुन २१ गते देशभर प्रतिनिधिसभा निर्वाचन हुँदैछ, जसको तयारी पूरा भएको छ।
- विभिन्न दलका शीर्ष नेताहरूले आ-आफ्नो मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।
- निर्वाचन आयोगका अनुसार देशभरका मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्थासहित आवश्यक तयारी पूरा भएको छ।
काठमाडौँ । भोलि फागुन २१ गते बिहीबार देशभर प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारी पूरा भएसँगै विभिन्न दलका शीर्ष नेताहरूले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोलि बिहान ७ बजे काठमाडौँको बौद्धस्थित महाँकालमा रहेको जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम रहेको जनाइएको छ । उनी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार हुन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल भोलि हुने निर्वाचनमा मतदान गर्न गृहजिल्ला इलामतर्फ प्रस्थान गरेका छन् । उनीसँगै उनका छोरा निर्भिक खनाल पनि मतदानका लागि इलाम गएका छन् ।
त्यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि भोलि बिहान ७ बजे मतदान गर्ने कार्यक्रम तय भएको छ । उनले बुढानीलकण्ठ नगरपालिका–२ स्थित साविक गाविस भवन (चपली घुम्ती) मा रहेको मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेछिन् । प्रधानमन्त्री सुशीला कार्कीले धापासीस्थित टोखा नगरपालिकाबाट मतदान गर्ने बताइएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौँको महाङ्कालस्थित पानी ट्याङ्की छेउबाट मतदान गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्थासहित आवश्यक तयारी पूरा भइसकेको छ ।
भोलि बिहान ७ बजेदेखि मतदान सुरु भई साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई आयोगले आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘कार्की साइँला’ असोज २ मा प्रदर्शन हुने
-
वित्तीय सङ्घीयताको कडी : अधिकारको लडाइँ, क्षमताको खडेरी
-
भारतीय उद्यमी कुनाल शाह भए व्हाट्सएप प्रमुख
-
प्रदेशसभा खारेजीको प्रस्तावप्रति जन अधिकार पार्टीको आपत्ति
-
‘प्रदेश नै विकासको वास्तविक संवाहक हो, यथार्थपरक बजेट ल्याएका छौँ’
-
‘निजी क्षेत्रका समस्या आफैंले भोगेकी छु, संसद्मा यसलाई उठाउनेछु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण