बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र
काठमाडौँ। बागमती प्रदेशका विभिन्न जिल्लामा २६ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगकाअनुसार सबैभन्दा धेरै अस्थायी मतदान केन्द्र काठमाडौँमा ६ वटा तोकिएका छन् । काठमाडौं जिल्लामा सात हजार ६८७ अस्थायी मतदाता कायम छन्।
काठमाडाैँ महानगरपालिका–११ स्थित जगन्नाथ देवालयको केन्द्रीय कारागार, कामनपा वडा नं ३० स्थित डिल्लीबजार कारागार, नगार्जुन नगरपालिका–३ को सशस्त्र प्रहरी बलको कार्यलय, भद्रकाली मन्दिर तथा जिल्ला प्रशासन कार्यालयका भवनमा अस्थायी मतदान केन्द्र तोकिएका छन्।
आयोगका अनुसार भक्तपुरमा दुई हजार ३०४, ललितपुरमा दुई हजार ५४९, काभ्रेपलाञ्चोकमा दुई हजार ४८१, मकवानपुरमा तीन हजार ३०७, चितवनमा तीन हजार १८५, नुवाकोटमा दुई हजार ९५६ र धादिङमा दुई हजार ८१८ अस्थायी मतदाता रहेका छन् । यसैगरी रसुवामा एक हजार पाँच, सिन्धुलीमा एक हजार ७७५, रामेछापमा दुई हजार ४२२, खोलखामा दुई हजार ३११ अस्थायी मतदाता रहेका छन्।
देशभर १४३ ओटा अस्थायी मतदान केन्द्र तोकिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कारागार, सरकारी कार्यालय, सुरक्षा निकाय, अस्पताल तथा सार्वजनिक संस्थानमा कार्यरत मतदातालाई लक्षित गरी अस्थायी मतदान केन्द्र तोकिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
-
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण