निर्वाचनले सुनसान बनेकाे वीरेन्द्रनगर (तस्बिरहरू)
सुर्खेत ।निकै व्यस्त मानिने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुनसान बनेको छ । बिहीबार हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुन नागरिकहरु आ–आफ्नो गृह जिल्ला तथा क्षेत्रमा फर्किएसँगै वीरेन्द्रनगर सुनसान बनेको हो ।
प्रदेश राजधानी बनेसँगै आर्थिक, प्रशासनिक, शैक्षिक तथा राजनीतिकको केन्द्र बनेको वीरेन्द्रनगरमा ५ लाख बढी मानिस बस्ने गरेको तथ्याङ्क वीरेन्द्रनगर नगरपालिकासँग छ ।
यद्यपि ०७८ को जनगणना अनुसार, १ लाख ५४ हजार मात्र छ । यद्यपि पछिल्लो तीन आर्थिक वर्षमा २ लाखसम्म पुगेको अनुमान गरिएको छ । बाँकी ३ लाख जनसंख्या कर्णालीका हिमाली तथा पहाडी जिल्लाहरुबाट आएर वीरेन्द्रनगमा अस्थायी रुपमा बस्छ । जसका कारण वीरेन्द्रनगर निकै व्यस्त सहर मानिन्छ ।
वीरेन्द्रनगरमा केही व्यापारीहरुका अनुसार, विगत १५ दिनयता मान्छेको आवत–जावतमा गिरावट आएको हो । बुधबार बेलुकासम्म बजार पुरै सुनसान बन्यो । ‘यतिबेला त वीरेन्द्रनगर व्यस्त हुन्थ्यो, अफिस गएकाहरु घर फर्कन्थे, किनमेलले बजारमा भीड हुन्थ्यो,’ बुधबार बेलुका ६ बजेतिर वीरेन्द्रनगरको एरिचोकमा भेटिएका मदन आचार्यले भने, ‘सबै भोट हाल्न गाउँ गए, सुनसान बन्यो ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले उम्मेदवारी दर्ता पश्चात् बुधबार बेलुकासम्म ५० हजार बढीले राजधानी वीरेन्द्रनगर छाडेका छन् ।
‘अधिकांश गाउँ फर्किनेहरु फर्किसके, बजार सुनसान छ,’ उनले भने, ‘राजनीतिक दलका कार्यकर्ताहरु यसअघि नै गइसकेका थिए, नजिकनजिक क्षेत्र भएकाहरु पनि बुधबार मत हाल्न आ–आफ्नो क्षेत्रतर्फ लागे ।’
अहिले केही मतदाता नामावली नभएका विद्यार्थीहरु बाहेक मतदाता नामावली भएका अधिकांश नागरिकहरु भोट हाल्न गाउँतर्फ लागेको उनले बताए ।
एरिचोक, मंगलगढी चोक, बसपार्क, क्याम्पस लाइन, पार्टी कार्यालयदेखि वीरेन्द्र चोक व्यस्त स्थल हुन्, यहाँका । रातोपाटीकर्मी बुधबार बेलुका ५ बजेतिर बजारको अवस्था बुझ्न पुग्दा धेरैजसो पसलका सटहरु बन्द भएको पाइए । बसपार्क पुर्ण रुपमा सुनसान थियो।
_YqL4TdtAqJ.jpg)
_7ffc2Xdty0.jpg)
_GOQ7mnW0jY.jpg)
_dlhzy2dbs1.jpg)
_YYAW2Uq3ql.jpg)
_YhqLMXjwSv.jpg)
_idbZo5QLnP.jpg)
_QYvagjRg92.jpg)
_ANZQaVgL5t.jpg)
_yYYR6G6B46.jpg)
_4NKrr1Mkn4.jpg)
_icZd6pgkVW.jpg)
_KLepq6tf3T.jpg)
_aD6ppvIBw8.jpg)
_alqYVKMBrN.jpg)
_Mb8gp8GNLI.jpg)
_8qonhYVfyY.jpg)
_LCKsmn12eo.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण