सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

निर्वाचन सुरक्षा : देशभर १४ ठाउँमा भेटिएको शङ्कास्पद वस्तु डिस्पोज

बुधबार, २० फागुन २०८२, २० : ०५
बुधबार, २० फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनको अघिल्लो दिन देशभर विभिन्न ठाउँमा शङ्कास्पद वस्तु फेला परेको थियो।
  • काठमाडौँको बुढानिलकण्ठ र नागार्जुनमा शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ।
  • प्रहरीका अनुसार, देशभर १४ ठाउँमा शङ्कास्पद वस्तु फेला परेको थियो, जुन आतङ्कित पार्ने उद्देश्यले राखिएको थियो।

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन हुने अघिल्लो दिन बुधवार देशभर विभिन्न ठाउँमा शङ्कास्पद बस्तु भेटिएको छ । निर्वाचन बिथोल्न खोज्ने समूहले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–२ स्थित चपली र नागार्जुन नगरपालिका वडा नम्बर–२ मा राखेको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ ।

देशभर १४ ठाउँमा शङ्कास्पद बस्तु भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । सबै शङ्कास्पद वस्तुहरू आतङ्कित पार्ने उद्देश्यले राखिएको ‘होक्स’ रहेको डीआईजी काफ्लेले बताए ।

कोशी प्रदेशको ताप्लेजुङ, मोरङ, सुनसरी र उदयपुरमा शङ्कास्पद बस्तु फेला परेको थियो । मधेस प्रदेशका पर्सा, धनुषा, महोत्तरी र सर्लाहीमा शङ्कास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कञ्चनपुरमा शङ्कास्पद बस्तु भेटिएको थियो । गण्डकीको बागलुङ र कास्कीमा शङ्कास्पद बस्तु भेटिएको थियो । सबै शङ्कास्पद बस्तु सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप