कास्कीका तीनै क्षेत्रमा मतदान केन्द्र तयार (तस्बिरहरू)
पोखरा । कास्कीका तीनै क्षेत्रमा मतदान केन्द्रहरू तयार गरिएको छ । सबै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र निर्वाचन कर्मचारीहरू खटिएर प्रक्रिया थालेका हुन् । मतदानका लागि सबै केन्द्र तयार अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।
‘हामीले लगभग सबै ठाउँमा अनुगमन पनि गरिसकेका छौँ । सबै केन्द्रमा मतदानका लागि आवश्यक तयारी पूरा भएको छ,’ उनले भनिन् । ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको यहाँ १ सय ५३ मतदान स्थल र ३ सय ६३ मतदान केन्द्र कायम गरिएको छ।
यसबाहेक २ वटा अस्थायी मतदान केन्द्र छन् । कैदीबन्दीका लागि जिल्ला कारागारमा एउटा मतदान केन्द्र छ भने जिल्ला समन्वय समितिको कार्यालयमा अर्को मतदान केन्द्र राखिएको छ । यहाँबाट कर्मचारी र सुरक्षा निकायले मत दिनेछन् । उनीहरुले समानुपातिकमा मात्रै मत दिन पाउने व्यवस्था छ।
२९ सय भन्दा बढी अस्थायी मतदाता रहेको बताइएको छ । कास्कीमा मतदानका लागि २ हजार १ सय ९० कर्मचारी खटिएका छन् । मत बदर घटाउन उनीहरुले विशेष तयारीका साथ काम गरिरहेका छन्।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
-
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण