प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न हुनेमा आयोग विश्वस्त
काठमाडाैँ । निर्वाचन आयोगका सचवि कृष्णबहादुर राउतले देशभर शान्तिपूर्ण रूपमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको बताएका छन्।
बुधबार सचिव राउतले यस्तो बताएका हुन् । उनले मतदान प्रक्रिया सम्पन्न जनशक्ति परिचालन, सुरक्षा व्यवस्था र अन्तरनिकाय समन्वय लगायतका सबै तयारी पूरा भएको समेत बताए । सचिव राउतका अनुसार निर्वाचन सम्पन्न गर्न करिव दुई लाख १५ हजार कर्मचारी तथा झन्डै साढे तीन लाख सुरक्षाकर्मी देशभर परिचालित छन् ।
उनले हालसम्मको सुरक्षा विश्लेषणअनुसार कुनैपनि मतदान केन्द्रमा असहज अवस्था सिर्जना हुने संकेत नदेखिएको समेत बताए । आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमार्फत सबै सुरक्षा निकाय र स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको भन्दै उनले केन्द्रले देशभरको सुरक्षा अवस्थाको निगरानी गर्दै आवश्यक निर्देशन तथा सहकार्य गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
-
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण