प्रतिनिधि सभा निर्वाचन
मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि...
बुधबार, २० फागुन २०८२, २१ : ०९
सारांश
- मोरङको सुनवर्षीमा निर्वाचनमा खटिएका कर्मचारी पक्राउ परेका छन्।
- नेपाल विद्युत् प्राधिकरणका कर्मचारी रंजित सिवालाई निर्वाचन प्रक्रियामा बाधा पुर्याएको आरोप लागेको छ।
- प्रहरीले सिवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ, भोलि प्रतिनिधि सभा निर्वाचन हुँदैछ।
काठमाडौँ । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग) मतदान केन्द्रमा खटिएका नेपाल विद्युत् प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी(सहायक पाँचौँ तह) रंजित सिवालाई प्रहरीले पक्राउ गरेको हो।
रंगेली नगरपालिका वडा नम्बर २ बस्ने ३७ वर्षिय सिवाले मतदान अधिकृत तथा अन्य कर्मचारीहरूसँग झै–झगडा तथा गालीगलौज गरी निर्वाचन प्रक्रियामा असहयोग गरेकोले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक(डीएसपी) एवं सूचना अधिकारी हरिनन्दन चौधरीले बताए ।
इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले सिवालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। भाेलि प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण