रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते
बिहीबार, २१ फागुन २०८२, ०६ : १८
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको छ । बुधवार साँझ करिब साढे ५ बजे स्थानीय २२ वर्षीय छोरा राकेश कुमार दास र २१ वर्षीय छोरा अवधेश कुमार दासबिच मदिरा सेवनका क्रममा विवाद हुँदा छुरा प्रहार भएको प्रहरीले जनाएको छ।
छुरा प्रहारबाट राकेश कुमार दासको पिठ्यु र अनुहारमा चोट लागेको छ। उनलाई उपचारका लागि सामुदायिक अस्पताल कटहरियामा भर्ना गरिएको छ। उनलाई १० वटा टाँका लगाइएको चिकित्सकले जनाएका छन् ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट इन्स्पेक्टर तेजप्रसाद भट्टराईको कमान्डमा टोली खटिएको थियो।
घटनामा संलग्न आरोपी फरार रहेको र उनको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण