गण्डकीमा सुरु भयो मतदान, १८ लाख ७० हजारले दिँदैछन् मत
सारांश
- गण्डकी प्रदेशमा १८ लाख ७० हजारभन्दा बढी मतदाताले मतदान गर्दैछन्।
- प्रदेशभर महिला मतदाताको संख्या पुरुषभन्दा बढी रहेको छ, जसमा ९ लाख ५५ हजारभन्दा बढी महिला मतदाता छन्।
- कास्कीमा सबैभन्दा धेरै र मनाङमा सबैभन्दा कम मतदाता रहेका छन्।
पोखरा । आज प्रतिनिधि सभा सदस्य निर्वाचन । गण्डकी प्रदेशबाट १८ लाख ७० हजारभन्दा बढी मतदाताले मत दिँदैछन् । निर्वाचन आयोगका अनुसार गण्डकीका ११ जिल्लामा फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने सबैलाई जोडेर मतदाता नामावली सार्वजनिक गरिएको छ । उक्त नामावली अनुसार १८ लाख ७० हजार ६५ जना मतदाता गण्डकीमा छन् ।
यो प्रदेशमा पुरुषभन्दा महिला मतदाताको संख्या बढी छ । प्रदेशभर कुल ९ लाख ५५ हजार ५ सय १६ जना महिला छन् भने ९ लाख १४ हजार ५ सय ३५ पुरुष छन् । अन्य समूहका १४ जना पनि मतदानमा भाग लिँदैछन् । कास्की र नवलपुरमा ४/४ जना तथा मनाङ, लमजुङ र तनहुँ बाहेक सबै जिल्लामा १/१ जना यौनिक तथा अल्पसंख्यक समुदायका मतदाता छन् ।
११ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता कास्कीमा छन् भने सबैभन्दा कम मनाङमा छन् । प्रदेश राजधानी समेत रहेको कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ मतदाता छन् । मनाङमा जम्मा ७ हजार मतदाता छन् । मुस्ताङमा पनि ११ हजार ३ सय २८ मात्रै मतदाता छन् । आयोगका अनुसार नवलपुरमा २ लाख ६८ हजार ५ सय २६, स्याङ्जामा २ लाख ४८ हजार ८ सय १६ र तनहुँमा २ लाख ५४ हजार ३ सय ९७ मतदाता रहेका छन् । त्यस्तै गोरखामा २ लाख २९ हजार ५८, बागलुङमा १ लाख ९३ हजार ३ सय ८१, लमजुङमा १ लाख ३७ हजार १ सय २४, पर्वतमा १ लाख २५ हजार ४ सय ६६ र म्याग्दीमा ८६ हजार ३ सय ९७ मतदाता रहेका छन् ।
गण्डकी प्रदेशभर १ हजार २ सय ९७ मतदान स्थल र २ हजार ३ सय ९६ मतदान केन्द्र निर्धारण गरिएको छ । हरेक जिल्लामा अस्थायी मतदान केन्द्र पनि छ । सबैभन्दा बढी स्थायी मतदान केन्द्र कास्कीमा ३ सय ६३ र सबैभन्दा कम मनाङमा २८ वटा तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण