बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

गोरखा–२ का नेकपा उम्मेदवार न्यौपानेले गरे मतदान

बिहीबार, २१ फागुन २०८२, ०८ : २८
बिहीबार, २१ फागुन २०८२

गोरखा । गोरखा–२ का नेकपा उम्मेदवार लेखनाथ न्यौपानेले मतदान गरेका छन् । उनले सिरानचोक गाउँपालिका–३, हर्मीस्थित महेन्द्र लीला माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

उनले मतदान जिम्मेवारी भएकोले सचेत र सभ्य रुपमा मताधिकार प्रयोग गर्न आग्रह गरे । ‘मतदान भनेको अधिकार मात्र होइन, जिम्मेवारी पनि हो,’ उनले भने, ‘सचेत, सभ्य र सहभागी लोकतन्त्र निर्माणका लागि सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु।’

न्यौपानेले समृद्ध र सुशासनयुक्त भविष्यका लागि मतदान गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप