यसपटकको निर्वाचनले ऐतिहासिक नतिजा दिने रविको दाबी
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले निर्वाचनले ऐतिहासिक नतिजा दिने दाबी गरे।
- उनले नागरिकलाई विवेक प्रयोग गरेर देशको भविष्य निर्धारण गर्न आग्रह गरे।
- लामिछानेले युवाका जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यसपटकको निर्वाचनले ऐतिहासिक नतिजा दिने दाबी गरेका छन्। मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देश एउटा ऐतिहासिक मोडमा आइपुगेको र यो चुनाव विगतका कुनै पनि चुनावभन्दा बढी महत्त्वपूर्ण रहेको बताए।
लामिछानेले देशलाई कस्तो बनाउने र कस्तो नेतृत्व छान्ने भन्ने कुरा अब पूर्ण रूपमा नागरिकको हातमा रहेको स्पष्ट पारे। राजनीतिक दलहरूले गर्नुपर्ने काम गरिसकेको भन्दै उनले अब नागरिकले आफ्नो विवेक प्रयोग गरेर देशको र आफ्ना सन्ततिको भविष्य निर्धारण गर्नुपर्ने बेला आएको बताए। परिवर्तनका लागि धेरै युवाले बलिदानी दिएको स्मरण गर्दै उनले यसलाई सुनौलो अवसरका रूपमा लिएर निर्धक्क भई मतदान गर्न सबैलाई अपिल गरे।
जेनजी आन्दोलन र युवाका मुद्दाबारे सोधिएको प्रश्नमा लामिछानेले युवाका जायज मागलाई लिखित रूपमै सम्बोधन गर्ने र सहमति जनाउने पार्टी रास्वपा मात्रै भएको दाबी गरे। आफ्नो पार्टीले सबैभन्दा बढी जेनजी पुस्ता, घाइते तथा सहिद परिवारका सदस्यलाई उम्मेदवार बनाएको उनको भनाइ थियो।
निर्वाचनका क्रममा रास्वपाका उम्मेदवार र नेताहरूमाथि भएको आक्रमणको उनले कडा निन्दा गरे। मनिष झाको गाडीमा भएको तोडफोड र सुलभ खरेलको टिममाथि भएको आक्रमणलाई उनले पराजित मानसिकताको संज्ञा दिए। लोकतन्त्रमा चित्त नबुझेका कुरा, रिस र आक्रोश मतपत्रमार्फत मात्र पोख्न सकिने भन्दै उनले भौतिक आक्रमणमा उत्रिनु निन्दनीय भएको बताए।
साथै, उनले देशैभर रहेका आफ्ना नेता तथा कार्यकर्तालाई जस्तोसुकै आलोचना वा उक्साहटमा पनि प्रतिक्रिया नजनाउन र शान्त रहेर निर्वाचन सम्पन्न गराउन निर्देशन दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण