मकवानपुरमा ३० प्रतिशत मतदान
बिहीबार, २१ फागुन २०८२, १३ : ३८
सारांश
- मकवानपुरमा ३० प्रतिशत मतदान सम्पन्न भएको छ।
- निर्वाचन कार्यालयका अनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
- जिल्लाभरका मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता रहेको छ।
हेटौँडा । मकवानपुरमा ३० प्रतिशत मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा १२: १५ बजेसम्म ३० प्रतिशत मतदान सम्पन्न भएको हो ।
प्रदेश निर्वाचन कार्यालय हेटौँडा, बागमतीका प्रमुख हरि प्रसाद ढकालका अनुसार हालसम्म ३० प्रतिशत हाराहारीमा मतदान भएको छ । जिल्लाभर निर्वाचन शान्तिपूर्ण रूपमा भइरहेको ढकालले जानकारी दिए ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र मकवानपुर–१ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्रमार्फत एक लाख ५८ हजार ४३४ मतदाताले मतदान गर्नेछन्।
त्यस्तै, मकवानपुर२ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्रमार्फत एक लाख ५६ हजार ८९९ मतदाता सहभागी हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण