चितवनमा निर्वाचन विरोधी गतिविधि गर्ने नेकपा बहुमतका दुई कार्यकर्ता पक्राउ
सारांश
- भरतपुरमा निर्वाचन आचारसंहिता विपरीत गतिविधिमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा नेकपा बहुमतका जिल्ला सचिव र विद्यार्थी संगठनका जिल्ला संयोजक रहेका छन्।
- प्रहरीले उनीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर १० बाट पक्राउ गरेको हो।
चितवन । चितवनको भरतपुरमा निर्वाचन आचारसंहिताविपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २ जनालाई प्ररीले पक्राउ गरेको छ । प्रहरीले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै नेकपा बहुमतका दुई जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, बिहीबार मध्यान्न १२ः०५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालय मतदान स्थल बाहिरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा नेकपा बहुमतका चितवन जिल्ला सचिव २९ वर्षीय सुमन श्रेष्ठ र सोही पार्टी निकट विद्यार्थी संगठनका जिल्ला संयोजक २१ वर्षीय किरण गौतम रहेका छन् ।
धादिङको गल्छी गाउँपालिका वडा नम्बर–१ स्थायी ठेगाना भएका श्रेष्ठ अहिले भरतपुर–७ मा बस्दै आएका थिए । त्यस्तै, गौतम चितवनको कालिका नगरपालिका वडा नम्बर–४ का स्थायी बासिन्दा हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबीन्द्र खनालले पक्राउ परेका दुवै जनामाथि थप छानबिन र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्न र आचारसंहिता उल्लंघन गर्नेलाई कडा निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
-
ठगीको अभियोगमा तीन जना पक्राउ
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण