६७ वर्षदेखि मतदान : १०२ वर्षीय पौडेलले १० औँ पटक गरे संसदीय निर्वाचनमा मतदान
सारांश
- हेटौँडाका १०२ वर्षीय टिकादत्त पौडेलले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि मतदान गरे।
- पौडेलले २०१५ सालको पहिलो आम निर्वाचनदेखि अहिलेसम्मका हरेक निर्वाचनमा मतदान गर्दै आएका छन्।
- ह्वील चियरको सहारामा मतदान केन्द्र पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरे, जसले युवा पुस्तालाई प्रेरणा दिएको छ।
काठमाडौँ । देशमा व्यवस्था फेरिए, शासक फेरिए, तर हेटौँडाका १०२ वर्षीय टिकादत्त पौडेलले मत हाल्न छोडेका छैनन् । वि.सं. २०१५ सालको पहिलो आम निर्वाचनदेखि आजसम्मका हरेक निर्वाचनमा सहभागी हुँदै आएका पौडेलले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उत्साहपूर्वक मतदान गरेका छन् ।
मङ्गलवार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित मतदान स्थलमा पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरे । ह्वील चियरको सहारामा मतदान केन्द्र पुगेका पौडेललाई देख्दा त्यहाँ उपस्थित अन्य मतदाता र सुरक्षाकर्मीहरू समेत अचम्मित देखिन्थे ।
२०१५ सालदेखि अहिलेसम्मको यात्रा
टिकादत्त पौडेलले नेपालको संसदीय इतिहासलाई नजिकबाट नियालेका छन् । उनले २०१५ सालमा भएको नेपालको पहिलो ऐतिहासिक निर्वाचनमा पहिलो पटक मतदान गरेका थिए । त्यसयता भएका कुल १० वटा संसदीय निर्वाचनमा उनले एक पटक पनि मतदान गर्न छुटाएका छैनन् ।
पौडेल केवल मतदाता मात्र होइनन् पञ्चायत कालमा बञ्चरो चुनाव चिन्ह लिएर उनले वडा सदस्यको उम्मेदवार बनेका थिए । १०२ वर्षको उमेरमा पनि मतदानका लागि देखाएको यो तत्परताले युवा पुस्तालाई ठुलो सन्देश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण