मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेशमा शान्तिपूर्ण मतदान, यस्तो छ सुरक्षा अवस्था

बिहीबार, २१ फागुन २०८२, १६ : ३७
बिहीबार, २१ फागुन २०८२

सारांश

  • कोशी प्रदेशका प्रहरी प्रमुखले निर्वाचन शान्तिपूर्ण रूपमा अघि बढिरहेको जानकारी दिए।
  • ओखलढुंगामा मतदाताले स्वेच्छाले मतदान नगर्ने निर्णय गरेका कारण मतदान प्रभावित भयो।
  • मोरङ लगायतका क्षेत्रमा मतदाता मतदान केन्द्रमा आइरहेका छन् र सुरक्षा व्यवस्था चुस्त छ।

विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) विनोद घिमिरेले प्रदेशभर निर्वाचन शान्तिपूर्ण रूपमा अघि बढिरहेको जानकारी दिएका छन् । रातोपाटीसँगको कुराकानीमा उनले प्रदेशका कुनै पनि मतदान स्थलमा सुरक्षा चुनौती वा मतदान कार्यमा अवरोध पुग्ने खालका घटना नभएको स्पष्ट पारे ।

डीआइजी घिमिरेका अनुसार ओखलढुंगामको एउटा मतदान केन्द्रमा भने मतदाताहरूले स्वेच्छाले मतदान नगर्ने निर्णय गरेका कारण त्यहाँ मतदान प्रभावित भएको छ।  तर, अन्य ठाउँमा कुनै विवाद वा झडपका कारण मतदान रोकिएको स्थिति नरहेको उनले बताए ।

मतदानको समय अझै एक घण्टा बाँकी रहेकाले अन्तिम तथ्याङ्कमा केही थप हुन सक्ने उनको भनाइ छ। मोरङ लगायतका क्षेत्रमा अझै पनि मतदाताहरू मतदान केन्द्रमा आइरहेको र सुरक्षा व्यवस्था पूर्ण रूपमा चुस्त दुरुस्त रहेको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप