यी ६ जिल्लाका मतपेटिका शुक्रबारमात्र मतगणनास्थल पुग्ने
बिहीबार, २१ फागुन २०८२, १८ : ४७
सारांश
- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सकिएपछि मतपेटिका सङ्कलन सुरु भएको छ।
- सङ्खुवासभा, सोलुखुम्बु, गोरखा लगायतका ६ जिल्लाका मतपेटिका शुक्रबार मात्र मतगणनास्थलमा पुग्नेछन्।
- दुर्गम १५ जिल्लामध्ये ताप्लेजुङ, रसुवा, दोलखा लगायतका जिल्लामा आजै मतपेटिका ढुवानी गरिनेछ।
काठमाडाैँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान सकिएसँगै मतपेटिका सङ्कलन कार्य सुरु भएको छ । जसमध्ये ६ जिल्लाको मतपेटिका भने शुक्रबार बिहान मात्रै मतगणनास्थलमा पुग्ने भएको छ ।
निर्वाचन आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सङ्खुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्लाको मतपत्र शुक्रबार मात्र मतगणनास्थलमा पुग्ने जानकारी दिएका हुन् ।
उनका अनुसार दुर्गम १५ जिल्लामध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुममा आजै मतपेटिका ढुवानी हुने छन् । १५ वटा जिल्लाको विभिन्न स्थानमा हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गर्ने आयोगले जनाएको छ । मतदान प्रतिशत बढ्न सक्ने निर्वाचन आयोगको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्षदेखि नीति तथा कार्यक्रममै सीमित रहे सीडीसी, एफडीए र प्राधिकरण
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण