सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

झापामा ६४ प्रतिशत मतदान, कुन निर्वाचन क्षेत्रमा कति मत खस्यो ?

बिहीबार, २१ फागुन २०८२, १९ : ३८
बिहीबार, २१ फागुन २०८२

सारांश

  • बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
  • निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
  • मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत झापा जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा भएको मतदानको अन्तिम र आधिकारिक विवरण सार्वजनिक भएको छ । 

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार यस पटकको निर्वाचनमा झापामा समग्रमा ६४.२४ प्रतिशत मतदान भएको छ । जिल्लाभर रहेका कुल ७ लाख १३ हजार ५ सय ३७ मतदातामध्ये ४ लाख ५८ हजार ३ सय ६२ जनाले आफ्नो मताधिकार प्रयोग गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

जिल्लाभरको मतदानको प्रकृति हेर्दा पुरुषको तुलनामा महिला मतदाताको सहभागिता निकै उत्साहजनक देखिएको छ । कुल खसेको ४ लाख ५८ हजार ३ सय ६२ मतमध्ये २ लाख ४२ हजार ५ सय ७५ मत महिलाले खसालेका छन् भने २ लाख १५ हजार ७ सय ८५ मत पुरुषको रहेको छ । यस्तै अन्य विधाबाट २ जनाले मतदान गरेका छन् । निर्वाचन क्षेत्रगत आधारमा हेर्दा झापा क्षेत्र नं. २ मा सबैभन्दा बढी अर्थात् ६५.२५ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम क्षेत्र नं. ३ मा ६२.७९ प्रतिशत मत खसेको छ ।

विवरण अनुसार क्षेत्र नं. १ मा १ लाख ३१ हजार ६७ मतदातामध्ये ८३ हजार ८ सय २२ जना अर्थात् ६३.९५ प्रतिशतले मतदान गरेका छन् । त्यस्तै, क्षेत्र नं. २ मा १ लाख ४७ हजार ५ सय २२ मतदाता रहेकोमा ९६ हजार २ सय ५३ जनाले मतदान प्रक्रियामा भाग लिएका छन् ।

क्षेत्र नं. ३ मा भने १ लाख ४० हजार ८ सय ५७ मतदातामध्ये ८८ हजार ४ सय ४९ मत मात्र खसेको छ । यता क्षेत्र नं. ४ मा १ लाख ३० हजार ७ सय १२ मतदाता रहेकोमा ८३ हजार ४ सय ६६ अर्थात् ६३.८५ प्रतिशत मतदान भएको छ भने क्षेत्र नं. ५ मा १ लाख ६३ हजार ३ सय ७९ मतदातामध्ये १ लाख ६ हजार ३ सय ७२ जना अर्थात् ६५.११ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप