सुनसरीमा ६४ प्रतिशत मतदान, आजै मतगणना सुरु हुने
बिहीबार, २१ फागुन २०८२, १९ : ४३
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
विराटनगर । सुनसरीका चार वटै निर्वाचन क्षेत्रमा गरी ६४ प्रतिशत मतदान भएको छ । सुनसरीमा कुल ५ लाख ८० हजार ९४५ मतदाता थिए । त्यसमध्ये ३ लाख ६९ हजार ६ सय जना मतदानमा सहभागी भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यो कुल मतदाताको करिब ६३ दशमलव ६ प्रतिशत हो। निर्वाचन क्षेत्र–१ मा १ लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८६५ मत खसेको छ।
यसैगरी निर्वाचन क्षेत्र–२ मा १ लाख ५८ हजार ९०१ मतदातामध्ये १ लाख १ हजार ४ मत खसेको छ। त्यस्तै, निर्वाचन क्षेत्र–३ मा १ लाख ३४ हजार ३०२ मतदातामध्ये ९५ हजार १९५ मत खसेको छ। यसैगरी निर्वाचन क्षेत्र–४ मा १ लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको छ । बिहीबार प्रतिनिधि सभा निर्वाचन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण