मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

कुलमान उम्मेदवार रहेको काठमाडौँ–३ मा मतगणना सुरु

बिहीबार, २१ फागुन २०८२, २२ : ४३
बिहीबार, २१ फागुन २०८२

सारांश

  • काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ।
  • बिहीबार मतदान सम्पन्न भएपछि सर्वदलीय बैठक बसेको थियो।
  • गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मतपेटिकाबाट मतगणना सुरु गरिएको छ।

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ ।

बिहीबार मतदान सम्पन्न भएसँगै बसेको सर्वदलीय बैठकपछि १०ः३५ बाट मतगणना अघि बढाएको हो ।

काठमाडौँ क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु भएको छ । काठमाडौँ–३ को मतगणना गोकर्णश्वर नगरपालिका वडा नम्बर १ को मतपेटिकाबाट सुरु गरिएको उनको भनाई छ ।

यहाँ नेपाली कांग्रेसबाट रमेश अर्याल,नेकपा एमालेबाट रामेश्‍वर फुयाल,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निरज लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजु नाथ पाण्डे र उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङलगायत उम्मेदवार चुनावी मैदानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप