मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसएमएसबाट यसरी लिन सकिन्छ प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम

शुक्रबार, २२ फागुन २०८२, ०७ : ४५
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • आकाश एसएमएसले प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम एसएमएसबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ।
  • यो सेवा दुर्गम क्षेत्रका नागरिक, इन्टरनेट पहुँच नभएका र वेबसाइटको भिडभाडबाट बच्न चाहनेहरूका लागि उपयोगी हुनेछ।
  • प्रयोगकर्ताले EC, जिल्ला/क्षेत्रको नाम र क्षेत्र नम्बर लेखेर ३१००३ मा एसएमएस पठाउनुपर्नेछ।

काठमाडौं ।  डिजिटल सञ्चार समाधान प्रदायक कम्पनी ‘आकाश एसएमएस’ले प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम एसएमएसबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।  

निर्वाचनको नतिजा आउने क्रममा समाचार वेबसाइटहरूमा हुने अत्यधिक चाप (ट्राफिक), इन्टरनेटको पहुँच नभएका स्थान वा स्मार्टफोन प्रयोग नगर्ने नागरिकलाई मध्यनजर गर्दै यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलको 'मेसेज बक्स'मा गएर एउटा सन्देश टाइप गर्नुपर्ने हुन्छ । त्यसपछि  मेसेज बक्समा EC <स्पेस> आफ्नो जिल्ला/क्षेत्रको नाम <स्पेस> क्षेत्र नम्बर टाइप गर्नुपर्नेछ । त्यसपछि उक्त सन्देशलाई ३१००३ मा पठाउनु पर्नेछ ।

उदाहरणका लागि यदि तपाईं काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ को मतगणनाको अपडेट जान्न चाहनुहुन्छ भने 'EC Kavrepalanchok 1' टाइप गरी ३१००३ मा पठाउनुपर्नेछ । म्यासेज पठाएको केही क्षणमै सम्बन्धित क्षेत्रको पछिल्लो मतपरिणाम एसएमएसमार्फत नै प्राप्त हुनेछ ।

आकाश एसएमएसका भाइस प्रेसिडेन्ट राजन कोइरालाले यो सेवा विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिक, इन्टरनेटको सहज पहुँच नभएका व्यक्ति र वेबसाइटको भिडभाडबाट बच्न चाहनेहरूका लागि निकै उपयोगी हुने विश्वास व्यक्त गरे । साधारण मोबाइल प्रयोगकर्ताले पनि सहज रूपमा निर्वाचनको जानकारी पाउन सकून् भन्ने हाम्रो उद्देश्यले यस्तो सुविधा उपलब्ध गराइएको उनको भनाइ छ । 

यस सेवामार्फत उपलब्ध गराइने तथ्याङ्कहरू निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा आधारित हुने कम्पनीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप