कर्णालीमा निर्वाचन: कालिकोट र जुम्लामा गणना सुरु, अन्य क्षेत्रमा केके हुँदैछ ?
सारांश
- कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये कालिकोटमा मतगणना सुरु भयो र नेकपाका महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्।
- जुम्लामा भर्खरै मतगणना सुरु भएको छ, तर अन्य जिल्लाहरूमा मतगणना सुरु हुन सकेको छैन।
- सुर्खेतमा बिहान १० बजेपछि र मुगु, डोल्पा र हुम्लामा दिउँसो १ बजेपछि मतगणना सुरु हुने तयारी छ।
सुर्खेत । १० जिल्ला रहेको कर्णालीका १२ वटा निर्वाचन क्षेत्रमध्ये कालिकोट बाहेक अन्य क्षेत्रमा मतगणना सुरु हुन सकेको छैन ।
कालिकोटमा बिहानैदेखि सुरु भएको मतगणना अनुसार, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् ।
पछिल्लो अपडेट अनुसार, शाहीले २८६५ मत पाएका छन् भने कांग्रेसका हर्ष बहादुर बमले २०८९ र एमालेका नगिन्द्र शाहीले १८९५, माओवादीका खड्ग बहादुर विश्वकर्माले चौथो छन् ।
यस्तै जुम्लामा भर्खरै मतगणना सुरु भएको छ ।
अन्य जिल्ला तथा निर्वाचन क्षेत्रहरूमा भने मतगणना सुरु हुन सकेको छैन । दुई वटा निर्वाचन रहेको सुर्खेतमा बिहान १० बजेपछि मात्रै मतगणना हुनेगरि तयारी भइरहेको बताइएको छ ।
यस्तै अन्य पहाडी जिल्लाहरुमा पनि मतगणना सुरु हुन सकेको छैन । कतै सर्वदलीय बैठक बसिरहेका छन् भने कतै मतगणना सुरु हुनै लागेको छ ।
हिमाली जिल्ला मुगु, डोल्पा र हुम्लामा पनि मतपेटिका संकलन हुँदैछ । त्यहाँ हेलिकप्टरबाट संकलन गर्नुपर्ने हुँदा दिउँसो १ बजेपछि मात्रै मतगणना हुन सक्ने त्यहाँका मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
-
दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, यस्तो छ कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण