सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिहीबार सम्पन्न चुनावमा ५८.०७ प्रतिशत मतदान, कुन जिल्लामा कति खस्यो मत ?

शुक्रबार, २२ फागुन २०८२, ०९ : ५५
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५८.०७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
  • निर्वाचनमा कुल १ करोड ९७ लाख ७ हजार ७११ मत खसेको थियो, जसमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए।
  • प्रदेशगत तथ्यांकअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा ५० प्रतिशतभन्दा बढी मत खसेको थियो।

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५८.०७  प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको तथ्यांक अनुसार जिल्लाबाट प्राप्त मौखिक तथा लिखित विवरणलाई आधार मानेको हो । 

कुल मतदाता एक करोड ८९ लाख ३ हजार ६८९ रहेकोमा एक करोड ९७ लाख ७ हजार ७११ मत खसेको थियो । 

प्रदेशगत तथ्यांक अनुसार कोशी प्रदेशमा ५८.६२ प्रतिशत, मधेश प्रदेशमा ५८.३९ प्रतिश, बागमीतमा ६०.९३ प्रतिशत, गण्डकी प्रदेशमा ५४.९२ प्रतिशत, लुम्बिनी प्रदेशमा ५९.१ प्रतिशत, कर्णालीमा ५५.६६ प्रतिशत र सुदूरपश्चिममा ५१.४० प्रतिशत मत खसेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप