मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मकवानपुरमा १०ः३० बजेबाट मतगणना सुरु हुने

शुक्रबार, २२ फागुन २०८२, १० : १२
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • मकवानपुर निर्वाचन क्षेत्र १ र २ को मतगणना बिहान १०:३० बजे सुरु हुनेछ।
  • जिल्ला निर्वाचन कार्यालयका अनुसार, सर्वदलीय बैठकको सहमतिपछि मतगणना सुरु हुनेछ।
  • भुटानदेवी माविमा मतगणना स्थल तोकिएको छ, जहाँ दुई ब्लकमा मतगणना हुनेछ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ र २ को मतगणना बिहान १०ः३० देखि सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार बिहान ७ बजेदेखि सुरु भएको सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु हुने भएको हो । 

मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना स्थल भुटानदेवी माविलाई तोकिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार हेटौडा ४ स्थित भुटनदेवी माविको दुईवटा ब्लकमा मतगणना गर्ने गरी तयारी गरिएको हो। 

२ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा बिहीबार सम्पन्न मतदानमा ५९ प्रतिशतको हाराहारीमा मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार जिल्लाको कुल मतदाता सङ्ख्या ३ लाख १५ हजार ३३४ रहेकोमा  १ लाख ८६ हजार ५५१ मत खसेको हो। 

मकवानपुरमा ९६ हजार ६३४ जना पुरुषले मतदान गरेका छन् भने, ८९ हजार ९१२ जना महिलाले मत खसालेका छन्। त्यस्तै अन्य पाँच जना मतदानमा सहभागी भएका छन् । 

मकवानपुर– १ मा ४७ हजार ६७० पुरुष, ४७ हजार ६३६ महिला  र चार अन्य गरि कुल ९५ हजार ३१० मत खसेको छ । मकवानपुर– २ मा ४८ हजार ९६४ पुरुष, ४२ हजार २७६ महिला र १ अन्य गरी ९१ हजार २४१ मत खसेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप