सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

देउवाको जिल्लामा रास्वपाका जोशीको अग्रता

शुक्रबार, २२ फागुन २०८२, १३ : १५
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • डडेलधुरामा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा रास्वपाका ताराप्रसाद जोशीले अग्रता लिएका छन्।
  • जोशीले ४७८ मत प्राप्त गर्दा नेकपाका मानसिंह माल २९१ मत सहित दोस्रो स्थानमा छन्।
  • कांग्रेसका नैनसिंह महर र एमालेका चक्रप्रसाद स्नेही पछि परेका छन्।

धनगढी । डडेलधुरामा मतगणनाको प्रारम्भिक पहिलो चरणको नतिजा सार्वजनिक भएको छ । प्राप्त पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाका उम्मेदवार ताराप्रसाद जोशीले अग्रता कायम गरेका छन्।

सार्वजनिक मतपरिणाम अनुसार जोशीले ४७८ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मानसिंह मालले २९१ मत सहित पछ्याइरहेका छन्।

परम्परागत ठुला दलहरू भने प्रारम्भिक गणनामा पछाडि देखिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महर ले २७६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीले १५२ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप