रौतहट–४ मा घण्टीको अग्रता कायम
शुक्रबार, २२ फागुन २०८२, १३ : ५२
सारांश
- रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पाण्डेले अग्रता लिएका छन्।
- हालसम्मको मतगणनामा पाण्डेले घण्टी चुनाव चिन्हबाट ३ हजार ३ सय ८९ मत प्राप्त गरेका छन्।
- नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना दोस्रो र नेकपाका रामकुमार भट्टराई तेस्रो स्थानमा छन्।
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन्।
हालसम्म ६ हजार ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पाण्डेले घण्टी चुनाव चिन्हबाट ३ हजार ३ सय ८९ मत प्राप्त गर्दै अग्रस्थानमा छन्।
त्यसैगरी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले रुख चुनाव चिन्हबाट १ हजार १ सय ९३ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले तारा चुनाव चिन्हबाट १ हजार १ सय ७० मत प्राप्त गरेका छन्।
यस्तै नेकपा (एमाले) का रामजी साहले सूर्य चुनाव चिन्हबाट २ सय ५४ मत पाएका छन् भने आजपा का ऋषि धमलाले मोबाइल चुनाव चिन्हबाट १७ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण