गगन थापा अमरेश सिंहभन्दा ११३३ मतले पछाडि
शुक्रबार, २२ फागुन २०८२, १६ : २१
सारांश
- सर्लाही ४ मा रास्वपाका डा. अमशेर कुमार सिंहले कांग्रेसका गगन थापालाई मतान्तरले पछि पारेका छन्।
- पछिल्लो अपडेट अनुसार, सिंहले २८४७ मत र थापाले १७१४ मत प्राप्त गरेका छन्, जसमा ११३३ को मतान्तर छ।
- एमालेका अमनिश यादव तेस्रो र अन्य दलहरुले पनि प्रतिस्पर्धा गरिरहेका छन्।
काठमाडौँ । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापासँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. अमशेर कुमार सिंहले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो अपडेट अनुसार, रास्वपा उम्मेदवार सिंहले २८४७ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार थापाले १ हजार ७१४ मत प्राप्त गरेका छन् । यसमा १ हजार १३३ को मतान्तर हुन्छ ।
तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार अमनिश यादवले ४१० मत प्राप्त गरेका छन् भने चौथोमा रहेका नेपाली कम्युनिस्ट पार्टीले १२८ मत ल्याएको छ ।
अघिल्लो अपडेटमा थापा ४७१ मतले पछाडि परेका थिए । त्यसबेला सिंहले १ हजार २३९ मत ल्याउँदा थापाले ७६८ मत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण