सिराहाका सबै क्षेत्रमा रास्वपाका अग्रता
सारांश
- सिराहाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन्।
- सिरहा-१ मा रास्वपाका बब्लु गुप्ताले अग्रता लिँदा कांग्रेस र एमालेका उम्मेदवार पछि परेका छन्।
- क्षेत्र नम्बर ३ र ४ मा पनि रास्वपाकै उम्मेदवारको अग्रता रहेको प्रारम्भिक नतिजाले देखाएको छ।
सिराहा । सिराहाको ४ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेको छ। मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार हालसम्म रास्वपाले अग्रता कायम गरेको हो।
सिरहा–१ मा रास्वपा उम्मेदवार बब्लु गुप्ताले ८५० मत प्राप्त गर्दा नेपाली कांग्रेसका श्यामसुन्दर चौधरीले १९६ र एमालेका रामशंकर यादवले १२७ मत प्राप्त गरेका छन् ।
सिराहा–२ मा रास्वपाका उम्मेदवार शिवशंकर यादवले १ हजार ४७१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रामचन्द्र यादवले ३०७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय सिराहाले जनाएको छ।
त्यसैगरी, जनता समाजवादी पार्टीका सञ्जीवकुमार यादवले ११८, नेपाली कम्यूनिष्ट पार्टीका मुक्तिनारायण सिंहले ११६ र नेकपा एमालेका नवीनकुमार यादवले १०२, जनमत पार्टीका विनोदकुमार यादवले ४६ मत प्राप्त गरेका छन्।
सिराहा क्षेत्र नम्बर ३ मा पनि रास्वपाका उम्मेदवार शम्भुकुमार यादवले अग्रता सुरुवात गरेको छ। उनले १ हजार १७७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका विश्वनाथ साहले ८३३, नेकपा एमालेका लीलानाथ श्रेष्ठले ७७८, जसपाका असेश्वर यादवले ६८६ र नेपाली कांग्रेसका सुभाषचन्द्र यादवले ४३६ मत प्राप्त गरेका छन्।
सिराहा– ४ को प्रारम्भिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अग्रता कायम गरेको छ । हालसम्मको मत परिणाम अनुसार रास्वपाका उम्मेदवार तपेश्वर यादवले ४ हजार ३५५ मत प्राप्त गरेका छन्।
उनलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अजयशंकर नायकले १ हजार १४० मतसहित पछ्याई रहेका छन्।
जनमत पार्टीका वीरेन्द्र प्रसाद महतोले ८८९ मत प्राप्त गर्दा, नेपाली कांग्रेसकी चन्द्रकला कुमारी यादवले ७१०, नेकपा एमालेका धर्मनाथ साहले ५०८ र जसपाका राजकिशोर यादवले ५४१ मत प्राप्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण