बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पाल्पा–२ : कांग्रेसका हिमालदत्त श्रेष्ठको अग्रता, एमालेका गैरे तेस्रो

शुक्रबार, २२ फागुन २०८२, १७ : २३
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले अग्रता लिएका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका माधवबहादुर थापाले श्रेष्ठलाई कडा टक्कर दिइरहेका छन्।
  • नेकपा एमालेका ठाकुरप्रसाद गैरे तेस्रो स्थानमा छन्।

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पाल्पा निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाममा नेपाली कांग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् ।

प्राप्त विवरणअनुसार श्रेष्ठले हालसम्म १२९२ मत प्राप्त गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार माधवबहादुर थापाले कडा प्रतिस्पर्धा दिइरहेका छन् । थापाले हालसम्म १११३ मत ल्याएका छन् । 

त्यसैगरी, नेकपा (एमाले) का उम्मेदवार ठाकुरप्रसाद गैरे तेस्रो स्थानमा देखिएका छन् । गैरेले हालसम्म ९७१ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप