मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

शनिबार, २३ फागुन २०८२, ०७ : १३
शनिबार, २३ फागुन २०८२

वि.सं.२०८२ साल फाल्गुन २३ गते । शनिबार । ईश्वी सन् २०२६ मार्च ७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–चतुर्थी, ३१ घडी २७ पला, बेलुकी ६ बजेर ५९ मिनेट उप्रान्त पंचमी । नक्षत्र–चित्रा, १२ घडी ७ पला, बिहान ११ बजेर १६ मिनेट उप्रान्त स्वाती ।

योग– वृद्धि, १ घडी ४४ पला, बिहान ७ बजेर ६ मिनेट उप्रान्त गंड । करण–बालव, बेलुकी ६ बजेर ५९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–काण योग । चन्द्रराशि–तुला ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ६ मिनेट । दिनमान २९ घडी १५ पला ।

आजको बार बेला ।
बिहान ६ बजेर २५ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर २६ मिनेटदेखि बिहान ७ बजेर ५२ मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर ५३ मिनेटदेखि बिहान ९ बजेर २० मिनेटसम्म रोग बेला ।
बिहान ९ बजेर २१ मिनेटदेखि बिहान १० बजेर ४८ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ४९ मिनेटदेखि बिहान १२ बजेर १६ मिनेटसम्म चर बेला ।
दिउसो १२ बजेर १७ मिनेटदेखि दिउसो १ बजेर ४४ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर ४५ मिनेटदेखि दिउसो ३ बजेर ११ मिनेटसम्म अमृत बेला ।
दिउसो ३ बजेर १२ मिनेटदेखि बेलुकी ४ बजेर ३९  मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ४० मिनेटदेखि बेलुकी ७ बजेर ३९ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ९ बजेर २० मिनेटदेखि बिहान १० बजेर ४८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट :राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त
बिहान ४ बजेर ४९ मिनेटदेखि बिहान ४ बजेर ३७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पत्ति तथा बिलासी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । व्यवसायकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ । राजनीतिमा विजय र पराजयको मतलाई स्विकार्दै अगाडी बढ्ने पर्नेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिवाद तथा प्रतिस्पर्धामा तपाईँको जीत हुनेछ । पुराना समस्या तथा रोगहरु स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरू स्वतः स्फूर्त रूपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ । राजनीतिमा जनताद्वारा दिइने मतलाई स्वीकार गर्नु पर्ने बाध्यता आउनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सजक नबन्दा आफन्त टाडनेछन् । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । छोटो समयका लागी हेरिने फाइदाले पछि लाई घाटा हुन सक्छ । योजनाहरू तत्काल सार्वजनिक नगर्नु नै उत्तम हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनताको आलोचना हुनेछ भने जनताद्वारा दिइने मतलाई स्वीकार गर्नु पर्ने बाध्यता आउनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थ काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सूचना प्रविधिको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । अनलाइन व्यापार, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरू जोड्न सकिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन,उत्तम वस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा पद प्राप्तिको योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाइने हुनाले मन प्रसन्न हुनेछ । लगनशील तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । विभिन्न अवसर आउने तथा ती अवसरहरूको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ । राज्यको निकायमा बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) महत्वकांक्षी तथा ठुला योजनाहरू तत्काल सुरु नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनावश्यक काम तथा यात्रा नगर्नु नै राम्रो रहेको छ, नराम्रा घट्नाहरु हुन सक्छन् । नियम तोडेर कुनै पनि काम नगर्नुहोला सजाए भोग्नु पर्नेछ । राजनीतिमा जनताको आलोचनात्मक समर्थन पाइनेछ भने जनताको मतलाई कदर गर्नुको विकल्प रहनेछैन ।  तर पनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सीमित साधन स्रोतको परिचालन गरी असीमित आवस्यक्ताहरु परिपूर्ति गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।  यात्रा, बैठक तथा भेटघाटमा समय व्यातित हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफूलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । विशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ भने राजनीतिमा पद प्राप्तिको योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ । तर पनि विगतमा गरिने गलत कामको दण्ड भोग्नु पर्ने समय रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा ध्यान दिनुहोला ऋण तथा संकटको सामना गर्नुपर्ने हुनसक्छ । मन परेको मानिस टाढिने हुँदा मन खिन्न हुनेछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । राजनीतिमा जनताको आलोचनात्मक समर्थन पाइनेछ । विगतमा गरेका गलत कामको नतिजाले पिरोल्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप