अघि लागे हर्क साम्पाङ
शनिबार, २३ फागुन २०८२, ०८ : १६
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई झन्डै एक हजार मतले अघि बढेका छन् ।
हालसम्मको सार्वजनिक परिणाम अनुसार धरानका पूर्व प्रमुख समेत रहेका राईले ६ हजार २७९ मत पाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की गोमा तामाङले ५ हजार ३३३ मत ल्याउँदै पछ्याइरहेकी छिन् ।
तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराई रहेका छन् । उनले १ हजार ३६३ मत ल्याउँदा एमालेका उम्मेदवार टिकाराम लिम्बूले १ हजार १०२ र काँग्रेसका सुजेन्द्र तामाङले ९८५ मत ल्याएका छन् ।
यो क्षेत्रको प्रारम्भिक मतगणनामा भने श्रम संस्कृतिका अध्यक्ष राईलाई रास्वपाकी तामाङले उछिन्दै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण