काठमाडौँका १० क्षेत्रमा रास्वपाको क्लिनस्वीप
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा क्लिनस्वीप गरेको छ।
- २०७९ मा ४ क्षेत्रमा जितेको रास्वपाले यसपटक थप ६ क्षेत्रमा जित हासिल गर्यो ।
- रञ्जु दर्शना, सुनिल केसी, राजुनाथ पाण्डे, पुकार बम लगायतका नेताहरू निर्वाचित भए ।
काठमाडौँ । मुलुकको राजधानी काठमाडौँका १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिनस्वीप गरेको छ ।
०७९ मा काठमाडौँका १० क्षेत्रमध्ये ४ क्षेत्रमा जितेको रास्वपाले अहिले ती क्षेत्रमा जित दोहर्याउँदै थप ६ क्षेत्रमा जितेर क्लिनस्वीप गर्न सफल भएको हो ।
रास्वपाबाट उम्मेदवार बनेर काठमाडौँ–१ मा रञ्जु दर्शना (न्यौपाने), काठमाडौँ–२ मा सुनिल केसी, काठमाडौँ–३ मा राजुनाथ पाण्डे, काठमाडौँ–४ मा पुकार बम, काठमाडौँ–५ मा सस्मित पोखरेल, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली, काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ–९ मा डोलप्रसाद अर्याल र काठमाडौँ–१० मा प्रदिप विष्ट निर्वाचित भए ।
०७९ मा रास्वपाबाट उम्मेदवार बनेर काठमाडौँ–२ मा सोविता गौतम, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली र काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए । तीन क्षेत्रमा पुरानै अनुहार दोहोरिएका छन् भने काठमाडौँ–२ मा ०७९ मा जितेकी सोविता गौतम अहिले चितवन–३ मा उम्मेदवार बनेकी छन् ।
काठमाडौँ–१ मा दर्शनाले १५ हजार ४५५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याए ।
काठमाडौँ–२ मा केसीले ३४ हजार २३८ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कबिर शर्माले ८ हजार ८७४ मत ल्याए ।
काठमाडौँ–३ मा पाण्डेले १८ हजार ७५७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत ल्याए ।
काठमाडौँ–४ मा बमले २९ हजार २४२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार सचिन तिमल्सेनाले ८ हजार ८२४ मत ल्याए ।
काठमाडौँ–५ मा पोखरेलले ३० हजार ७३७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार प्रदीप पौडेलले ९ हजार १५९ मत ल्याए ।
काठमाडौँ–६ मा खनालले २७ हजार ७१९ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत ल्याए ।
काठमाडौँ–७ मा पराजुलीले २७ हजार ८०५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रमोदहरि गुरागाईले ३ हजार ९८२ मत ल्याए ।
काठमाडौँ–८ मा श्रेष्ठले २४ हजार ५९२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत ल्याए ।
काठमाडौँ–९ मा अर्यालले ३५ हजार ९३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नानुमैया बास्तोलाले ५ हजार ४६० मत ल्याइन् ।
काठमाडौँ–१० मा विष्टले ३७ हजार ४६९ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार हिमाल कार्कीले ८ हजार १०० मत ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण