एमालेका महासचिव शङ्कर पोखरेलले हार स्विकार्दै विपिनलाई दिए बधाई
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हार स्विकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन कुमार आचार्यलाई बधाई दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले आचार्यलाई बधाई दिएका हुन् । उनले परिवर्तनको लहरकासामु आफ्नो पराजय भएको बताएका छन् ।
‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो। तर ‘परिवर्तन’ को लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन। अभियानमा जुट्नुहुने सबैलाई हृदयदेखि नै धेरै–धेरै धन्यवाद’, उनले लेखेका छन् ।
निर्वाचनको जनादेश रास्वपाको पक्षमा आएकाले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ जनताले अभिमत दिएको बताएका छन् । जनविश्वास अनुसार अगाडि बढ्न भावी प्रधानमन्त्री बालेन्द्र शाहलाई उनले शुभकामना दिएका छन् ।
‘ जनविश्वास अनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाह सहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना’, उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण