मतपरिणाम
४० क्षेत्रको मतपरिणाम घोषणा
शनिबार, २३ फागुन २०८२, १० : ५०
काठमाडौँ । शनिबार बिहान पौने ११ बजेसम्म ४० क्षेत्रको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका अनुसार रास्वपाले हालसम्म ३० क्षेत्रमा विजय हासिल गरेको छ भने अझै ८७ क्षेत्रमा अग्रता बनाएको छ ।
यस्तै कांग्रेसले ५ स्थानमा विजय हासिल गर्दा १० स्थानमा अग्रता बनाएको छ । यस्तै एमालेले २ स्थानमा जित र १० स्थानमा अग्रता बनाएको छ । यस्तै नेकपा २ स्थानमा विजयी हुँदा ९ स्थानमा अगाडि छ ।
यसैगरी १ जना स्वतन्त्र उम्मेदवार विजयी हुँदा अन्य ६ उम्मेदवारले अग्रता बनाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको निर्वाचन भएको थियो । निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित हुने व्यवस्था छ । निर्वाचनमा रास्वपाको पक्षमा लहर देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण