सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कार्की आयोग  प्रतिवेदन बुझाउने तयारीमा

शनिबार, २३ फागुन २०८२, १३ : २२
शनिबार, २३ फागुन २०८२

सारांश

  • जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदनलाई अन्तिम रूप दियो।
  • आयोगले भोलिसम्म सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।
  • प्रधानमन्त्रीलाई भेटेर छिट्टै प्रतिवेदन बुझाउने तयारी भइरहेको छ।

काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले प्रतिवेदनलाई अन्तिम रूप दिएको छ । 

जाँचबुझ आयोगले प्रतिवेदनको रुजु गर्ने कार्य गइरहेकाले भोलिसम्म सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको जानकारी दिएको छ । 

‘सकभर काम पुरा भएमा प्रधानमन्त्रीलाई भेटेर छिटो प्रतिवेदन बुझाउने तयारीमा जुटेका छौँ । केही देखिएकाले त्रुटि सच्याउने काम भइरहेछ,’ आयोगका एक सदस्यले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप