रास्वपाका यी उम्मेदवार जो विशाल मतान्तरले निर्वाचित भए
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनमा उत्साहजनक नतिजा ल्यायो, कैयौं उम्मेदवारले ठूलो मतान्तरले जिते।
- रुपन्देही, मोरङ, चितवन, र काभ्रेपलान्चोक सहित विभिन्न क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले ठूलो मतान्तरले विजय हासिल गरे।
- रास्वपाका सभापति रवि लामिछाने चितवन-२ बाट निर्वाचित भए, अन्य क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले जिते।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उत्साहप्रद नतिजा ल्याएको छ । रास्वपाका कैयौँ उम्मेदवार विशाल मतान्तरका साथ निर्वाचित भएका छन् भने कैयौँले निरन्तर अग्रता बढाइरहेका छन् ।
अहिलेसम्म निर्वाचित भएकामध्ये २० हजारभन्दा बढी मतान्तरको जित हासिल गरेका रास्वपाका उम्मेदवारबारे यहाँ चर्चा गरिएको छ ।
रुपन्देही–३ मा रास्वपाका डा. लेखजंग थापा पनि विशाल मतान्तरले निर्वाचित हुनेमा पर्छन् । उनी ५८ हजार ८१४ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङ ८ हजार ४३५ मतमा सीमित भए । थापा र गुरुङबिचको मतान्तर ५० हजार ३७९ छ ।
रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल ५६ हजार ५५० मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मतमात्र पाए । खरेल र पौडेलबिच ४३ हजार ६८९ छ ।
यसैगरी मोरङ क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार रुबिना आचार्य पनि अत्यधिक मतान्तरले निर्वाचित हुनेमा पर्छिन् । आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. शेखर कोइराला १२ हजार ८५० मतमा सीमित भए । आचार्य र कोइरालाबिचको मतान्तर ४२ हजार ६६३ छ ।
रास्वपाका सभापति रवि लामिछाने चितवन–२ बाट ५४ हजार ४०२ मतसहित निर्वाचित भए । उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना कुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछाने र खरेलबिचको मतान्तर ३९ हजार ८३८ छ ।
विशाल मतान्तरले निर्वाचित हुने रास्वपा उम्मेदवारमा सोविता गौतम पनि पर्छिन् । चितवन–३ मा उनी ५९ हजार २७७ मतसहित निर्वाचित हुँदा उनकी निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाल २० हजार ६१५ मतमा सीमित भइन् । सोविता र रेनुबिच ३८ हजार ६६२ मतको अन्तर छ ।
यस्तै काभ्रेपलाञ्चोक–२ मा रास्वपाका बदनकुमार भण्डारी ५३ हजार ३४४ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी मधुप्रसाद आचार्य १७ हजार ८६८ मतमा सीमित भए । भण्डारी र आचार्यबिचको मतान्तर ३५ हजार ४७६ छ ।
सर्लाही क्षेत्र नम्बर १ मा रास्वपाकी नितिमा भण्डारी (कार्की) ४४ हजार १८१ मतसहित निर्वाचित भइन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ ७ हजार ८७१ मतमा सीमित रहे । यी दुई उम्मेदवारबिच ३६ हजार ३१० मतको अन्तर छ ।
सर्लाही–२ मा रास्वपाकै रबिन महतो ४२ हजार ५१२ मतसहित निर्वाचित हुँदा नेपाली कम्युनिस्ट पार्टीका महिन्द्र राय यादव ८ हजार ५२३ मतमा सीमित भए । महतो र यादवबिच ३३ हजार ९८९ मतको अन्तर छ ।
धनुषा–३ मा रास्पाका मनिष झा ४३ हजार ९८८ मतसहित निर्वाचित भए । उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र निधि १६ हजार ६५२ मतसहित दोस्रो स्थानमा रहे । झा र निधिबिचको मतान्तर २७ हजार ३३६ छ ।
दाङ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार विपिन कुमार आचार्यले नेकपा एमालेका हेभीवेट मानिएका शंकर पोख्रेललाई स्तब्ध तुल्याए । आचार्य ४३ हजार ८२२ मतसहित निर्वाचित हुँदा पोख्रेलले १५ हजार ५५८ मत प्राप्त गरे । आचार्य र पोख्रेलबिच २८ हजार २६४ मतान्तर छ ।
भक्तपुर–२ मा रास्वपाका राजीव खत्री ४२ हजार ३३४ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी महेश बस्नेत १० हजार ९९६ मतसहित दोस्रो स्थानमा रहे । यी दुई बिच ३१ हजार ३३८ मतको अन्तर छ ।
बारा–४ मा रास्वपाका रहबर अन्सारी ४१ हजार २०० मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी नेकपाका कृष्णकुमार श्रेष्ठ ११ हजार ६३९ मतसहित दोस्रो स्थानमा रहे । यी दुईबिच २९ हजार ५६१ मतको अन्तर छ ।
यस्तै मोरङ क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका गुरुराज घिमिरे १२ हजार ८१८ मतसहित दोस्रो स्थानमा रहे । राजवंशी र घिमिरेबिच २८ हजार १५ मतको अन्तर छ ।
यस्तै बारा क्षेत्र नम्बर ३ मा रास्वपाका अरबिन्द साह ४० हजार ६९७ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका सरमुल्लाह मंसुर १० हजार ५२ मतमा सीमित रहे । यी दुईबिचको मतान्तर ३० हजार ६४५ छ ।
कास्की–१ मा रास्वपाका खडकराज पौडेल पनि विशाल मतान्तरले निर्वाचित हुनेमा पर्छन् । उनी ३९ हजार ८८३ मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत प्राप्त गरे । यी दुईबिच २८ हजार ६६९ मतको अन्तर छ ।
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले ३८ हजार ४० मतान्तरसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका गोविन्द भट्टराई १६ हजार २३१ मतसहित दोस्रोमा रहे । यी दुईबिच २१ हजार ८०९ मतको अन्तर छ ।
कास्की–३ मा रास्वपाकी बिना गुरुङ ३७ हजार ७५० मतसहित निर्वाचित भइन् । नेपाली कांग्रेसका मनोज गुरुङ १२ हजार ७८० मतसहित दोस्रो स्थानमा रहे । यी दुईबिच २४ हजार ९७० मतको अन्तर छ ।
काठमाडौँ–१० मा रास्वपाका प्रदिप विष्ट ३७ हजार ४६९ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका हिमाल कार्की ८ हजार १०० मतसहित दोस्रोमा रहे । यी दुईबिच २९ हजार ३६९ मतको अन्तर छ ।
सप्तरी–४ मा रास्वपाबाट निर्वाचित सिताराम साहले ३६ हजार ४१२ मत प्राप्त गरे । यस्तै नेपाली कांग्रेसका तेजुलाल चौधरी १३ हजार १०३ मतसहित दोस्रोमा रहे । साह र चौधरीबिच २३ हजार ३०९ मतको अन्तर छ ।
काठमाडौँ–९ मा रास्वपाका डोलप्रसाद अर्याल पनि विशाल मतान्तरले निर्वाचित भए । अर्यालले ३५ हजार ९३ मत प्राप्त गर्दा नानुमैया बास्तोला ५ हजार ४६० मतसहित दोस्रोमा रहे । अर्याल र बास्तोलाबिच २९ हजार ६३३ मतको अन्तर छ ।
महोत्तरी–१ मा रास्वपाका प्रमोद कुमार महतो ३४ हजार ६३६ मतसहित निर्वाचित हुँदा नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेल १२ हजार ६२४ मतसहित दोस्रो स्थानमा रहे । महतो र पोखरेलबिच २२ हजार १२ मतको अन्तर छ ।
काठमाडौँ–२ मा रास्वपाका सुनिल केसी ३४ हजार २३८ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका कबिर शर्मा ८ हजार ८७४ मतसहित दोस्रो स्थानमा रहे । यी दुईबिच २५ हजार ३६४ मतको अन्तर छ ।
कास्की–२ मा रास्वपाका उत्तम प्रसाद पौडेल ३१ हजार ९११ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका रश्मि आचार्य ७ हजार ४९३ मतमा सीमित भए । यी दुईबिच २४ हजार ४१८ मतको अन्तर छ ।
काठमाडौँ–५ मा रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका प्रदीप पौडेल ९ हजार १५१ मतसहित दोस्रो स्थानमा रहे । यी दुईबिच २१ हजार ५७८ मतको अन्तर छ ।
काठमाडौँ–४ मा रास्वपाका पुकार बम २९ हजार १४२ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका सचिन तिमल्सेना ८ हजार ८२४ मतसहित दोस्रो स्थानमा रहे । बम र तिमल्सेनाबिच २० हजार ३१८ मतको अन्तर छ ।
काठमाडौँ–७ मा रास्वपाका गणेश पराजुली २७ हजार ८०५ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं ३ हजार ९८२ मतसहित दोस्रो स्थानमा रहे । यी दुईबिच २३ हजार ८२३ मतको अन्तर छ ।
काठमाडौँ–६ मा रास्वपाका शिशिर खनाल २७ हजार ७१९ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्री ६ हजार ६४७ मतसहित दोस्रो स्थानमा रहे । यी दुई उम्मेदवारबिच २१ हजार ७२ मतको अन्तर छ ।
काठमाडौँ–८ मा रास्वपाका विराज भक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा नेकपाका सुमन सायमी ३ हजार २१७ मतमा सीमित रहे । यी दुईबिच २१ हजार ३७५ मतको अन्तर छ ।
कञ्चनपुर–२ मा रास्वपाका दिपकराज बोहरा ३३ हजार ९५२ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण प्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गरे । यी दुईबिच २३ हजार १२५ मतको अन्तर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण