सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

हर्क साम्पाङ ४ हजार मतले अगाडि

शनिबार, २३ फागुन २०८२, १७ : ०९
शनिबार, २३ फागुन २०८२

विराटनगर । सुनसरी क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

साम्पाङले पछिल्लो मतपरिणाम अनुसार १२ हजार ६८३ मत ल्याएका छन् । उनलाई रास्वपाकी गोमा तामाङले पछ्याइरहेकी छिन् । उनले ८ हजार ४९८ मत ल्याएकी छिन् । 

सो क्षेत्रबाट तेस्रो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले २ हजार ८०, एमालेका टिका राम लिम्बूले १ हजार ८४२ र कांग्रेसका सुजेन्‍द्र तामाङले १ हजार ३८९ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप