विजयी नितिमा कार्कीको प्रतिबद्धता : ‘जनताको भरोसा कहिल्यै टुट्न दिन्नँ’
शनिबार, २३ फागुन २०८२, १७ : २२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी नितिमा कार्की सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भइन्।
- निर्वाचित भएपछि उनले मतदाताको भरोसालाई टुट्न नदिने बताइन् र सबै मतदातालाई धन्यवाद दिइन्।
- कार्कीले ४४,१८१ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिस्पर्धी शम्भुलाल श्रेष्ठले ७,८७१ मत ल्याए।
सर्लाही । सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नितिमा कार्कीले मतदाताको भरोसालाई कहिल्यै टुट्न नदिने बताएकी छिन् । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै उनले यस्तो बताएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई मत दिएर विजयी गराएकोमा सर्लाही–१ का मतदाताप्रति नतमस्तक रहेको बताएकी हुन् । उनले यो जित आफ्नो मात्र नभई परिवर्तनको पक्षमा उभिने सम्पूर्ण मतदाताहरूको भएको बताइन् ।
उनले ४४ हजार १८१ ल्याएकी थिइन् भने निकटता प्रतिस्पर्धी काँग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण