कोशी प्रदेशमा ६ मध्ये ५ वटामा रास्वपाको जित
विराटनगर । कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये ६ वटाको अन्तिम परिणाम घोषणा भइसकेको छ । जसमा ५ वटा निर्वाचन क्षेत्रमा रास्वपाले जित निकालेको छ।
रास्वपाले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा बालेन्द्र शाह, झापा ३ मा प्रकाश पाठक, मोरङको निर्वाचन क्षेत्र २ मा कृष्ण कार्की, मोरङ ४ मा सन्तोष राजवंशी, मोरङ ५ मा आशा झा र मोरङ ६ रुविना आचार्यले जित निकालेकी हुन् । तेह्रथुममा भने नेपाली काँग्रेसका सन्तोष वान्तवा निर्वाचित भएका छन्।
अघिल्लो निर्वाचनमा १३ वटा निर्वाचन क्षेत्र जितेको एमालेले अहिलेसम्म एउटै निर्वाचन क्षेत्रमा जित दर्ता गराउन सकेको छैन । यद्यपि एमाले इलामका दुईवटै निर्वाचन क्षेत्र, ताप्लेजुङ, धनकुटा र संखुवासभामा एमाले अगाडि छ।
उता, नेपाली काँग्रेस भने पाँचथर, ओखलढुंगा र सोलुखुम्बुमा अगाडि छ । बाँकी झापाका १, २, ४, मोरङको १ र ३, सुनसरीको २, ३ र ४ नम्बर क्षेत्र, उदयपुरको दुईवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि । यस्तै हर्क साम्पाङको श्रम संस्कृति पार्टी भने सुनसरीको १, भोजपुर र खोटाङमा अगाडि छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण