अफताव आलमका छोरा फिरदोशले जिते चुनाव
सारांश
- रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका फिरदोश आलम निर्वाचित भएका छन्।
- फिरदोशले २९ हजार ५ सय २८ मत प्राप्त गर्दै विजय हासिल गरे, प्रतिस्पर्धीलाई पराजित गर्दै।
- निकटतम प्रतिस्पर्धी नेकपाका किरण कुमार साहले १८ हजार ४ सय ४२ मत प्राप्त गरे।
काठमाडौँ । रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार मो. फिरदोश आलम निर्वाचित भएका छन् । पुर्वमन्त्री समेत रहेका विवादित स्वर्गीय अफताव आलमका छोरा फिरदोशले २९ हजार ५ सय २८ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार किरण कुमार साहले १८ हजार ४ सय ४२ मत प्राप्त गरे । आलम र साहबिचको मतान्तर ११ हजार ८६ रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले ९ हजार ३ सय २५ मत प्राप्त गरी तेस्रो स्थान सुरक्षित गरे । जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले २ हजार ९ सय ६० मत ल्याए भने नेकपा (एमाले) का उम्मेदवार मोहम्मद अतिउल्लाहले २ हजार ३ सय ८२ मत प्राप्त गरे । आम जनता पार्टीका उम्मेदवार श्रीभगवान राउत कुर्मीले १ हजार ८ सय २५ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण