सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बैतडीमा राप्रपाका भुपेनबहादुर चन्दले तीन हजार मत पनि कटाउन सकेनन्

आइतबार, २४ फागुन २०८२, ११ : ०८
आइतबार, २४ फागुन २०८२

सारांश

  • सुदूरपश्चिम प्रदेशको चुनावमा राप्रपाका लागि बैतडी विशेष चासोको केन्द्र बनेको थियो।
  • लोकेन्द्रबहादुर चन्दका छोरा भुपेनबहादुर चन्दले चुनावमा प्रतिस्पर्धा गरे तर नतिजा राम्रो आएन।
  • भुपेनबहादुर चन्दले २ हजार ६ सय ८१ मत मात्र प्राप्त गरे, जुन अपेक्षाभन्दा कम थियो।

धनगढी । यस पटकको चुनावमा सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लागि बैतडी जिल्ला विशेष चासोको केन्द्र बनेको थियो। पूर्वप्रधानमन्त्री तथा राप्रपाका संस्थापक नेता लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला भएकाले पनि यहाँ पार्टीको प्रतिष्ठा दाउमा रहेको मानिएको थियो।

यही कारण यस पटक बैतडीमा राप्रपाले चन्दका छोरा भुपेनबहादुर चन्दलाई उम्मेदवारका रूपमा अघि सारेको थियो। पेसाले आईटी इन्जिनियर, पाइलट तथा अभिनेतासमेत रहेका भुपेनले आफूलाई आधुनिक सोच र स्पष्ट राजनीतिक दृष्टिकोण बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै घरदैलो अभियानमार्फत मत मागिरहेका थिए।

चुनावअघि पालिका अधिवेशनका क्रममा जिल्लाका १० वटै स्थानीय तह पुगेका उनले राप्रपाको संगठन विगतको तुलनामा निकै बलियो र व्यापक बनेको दाबी गरेका थिए। बुवाको राजनीतिक विरासतसँगै आफ्नो दक्षता र नयाँ सोचका कारण युवा मतदातामाझ आफू लोकप्रिय रहेको दाबी पनि उनले गरेका थिए।

तर चुनावी नतिजा भने अपेक्षाअनुसार आउन सकेन। चर्चामा रहेका उम्मेदवार भुपेनबहादुर चन्द मतपरिणाममा निकै पछाडि परे। उनले जम्मा २ हजार ६ सय ८१ मत मात्र प्राप्त गरे, जुन तीन हजार मतसमेत कटाउन नसकेको परिणाम रह्यो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप