मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

२९ वर्षअघि राज्य मन्त्री बनेका गिरी फेरि संसदमा पुगे

आइतबार, २४ फागुन २०८२, १२ : ३५
आइतबार, २४ फागुन २०८२

सारांश

  • बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्, उनले १७,१७३ मत प्राप्त गरे।
  • गिरीले निकटतम प्रतिद्वन्द्वी लालबहादुर थापालाई ५४० मतले पराजित गरेर २९ वर्षपछि संसदमा प्रवेश गर्दैछन्।
  • उनले यसअघि ०५६ सालको निर्वाचनमा बाजुराबाट प्रतिनिधिसभा सदस्य जितेका थिए र भूमिसुधार राज्यमन्त्री बनेका थिए।

धनगढी । बाजुरामा कांग्रेसका ६० वर्षीय जनकराज गिरी प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका छन् । गिरीले १७ हजार १७३ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी लालबहादुर थापाले  भने १६ हजार ६३३ मत ल्याए। 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ वाई गाउँका गिरी कांग्रेस पुराना तथा अनुभवी नेताका रुपमा चिनिन्छन्। उनी कांग्रेस केन्द्रीय सदस्य समेत हुन्।

यो पटक चुनाव जितेर गिरी २९ वर्षपछि फेरि सङ्घीय संसद् छिर्दैछन्। गिरी ०५६ को आम निर्वाचनमा बाजुराबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। सो बेला सरकारमा भूमिसुधार राज्यमन्त्री बनेका थिए। २०७४ सालको चुनावमा उनी बाजुराबाट सुदूरपश्चिम प्रदेश सभा अन्तरगत क्षेत्र १ को नम्बर क बाट उम्मेदवार थिए। 

सो बेला उनी एमालेका बलदेव रेग्मीसँग पराजित भए।  एमालेका रेग्मीले ९ हजार ८४० मत ल्याए भने, गिरीले ८ हजार ३११ मत ल्याएका थिए। यस पटक भने गिरीले जित दर्ता गर्दै सिधै सङ्घीय संसद् यात्रा पक्का गरे।

लोकतन्त्रको रक्षाका लागि र जिल्लाको विकासका लागि आफूले विगतमा पूरा गर्न नसकेका काम पूरा गर्न उनले मत दिनुपर्ने जनतालाई भनेका थिए। अव चुनाव जितिसकेपछि आफूले जनाका आवश्यकता अनुसार काम गर्ने उनको भनाई छ।

‘लोकतन्त्रको रक्षाका लागि हामी लड्यौँ,अव पनि हामी लड्नेछौ, काम गरेर देखाउने छौँ, म बाजुरावासीको सेवा विगतदेखिनै छु, अव झन् जितपछि जिम्मेवारी बढेको छ,’उनले भने । 

यसअघि तस्बिर अन्यथा परेकोले सच्याइएको छ । सं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप