ट्रम्पलाई कतारका अमिरको चेतावनी
सारांश
- कतारका अमिरले मध्यपूर्वमा बढ्दो युद्धले विश्व सुरक्षामा असर पार्ने चेतावनी दिएका छन्।
- उनले अमेरिकी राष्ट्रपतिसँगको वार्तामा इरान र अमेरिकाबीचको द्वन्द्वबारे चिन्ता व्यक्त गरे।
- कतारले आफ्नो सार्वभौमसत्ता र हित रक्षा गर्न आवश्यक कदम चाल्ने बताएको छ।
दोहा । कतारका अमिर तमिम बिन हमद अल थानीले मध्यपूर्वमा बढ्दो युद्धले विश्व सुरक्षा र शान्तिमा खतरनाक परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । कतारको सरकारी समाचार संस्था कतार न्यूज एजेन्सीका अनुसार अमिर तमिमले शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
वार्तामा इरान र अमेरिका तथा इजरायलबिच जारी द्वन्द्व र त्यसले खाडी क्षेत्रमा निम्त्याएको तनावबारे छलफल भएको बताइएको छ । अमिरले इरानबाट कतार तथा क्षेत्रका अन्य देशमाथि भइरहेको आक्रमणको पनि उल्लेख गरेका थिए । उनले वर्तमान तनावले अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिमा गम्भीर असर पार्न सक्ने भन्दै संकट नियन्त्रण गर्न कूटनीतिक प्रयास तीव्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
साथै कतारले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र राष्ट्रिय हितको रक्षा गर्न आवश्यक कदम चाल्न हिच्किचाउने छैन भन्ने पनि उनले बताएका छन् । कतारमा मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा अल उदेइद एयर बेस छ । पछिल्ला दिनमा क्षेत्रीय युद्ध चर्किँदै जाँदा इरानबाट कतारतर्फ मिसाइल प्रहार भएको र कतारी वायुसेनाले अमेरिकी अड्डालाई लक्षित हमलालाई अन्तिम क्षणमा विफल पारेको स्रोतहरूले बताएका छन् ।
यसअघि इरानी राष्ट्रपति मसुद पेजेश्कियनले खाडी क्षेत्रका देशहरूमा गरिएको आक्रमणप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका थिए । तर पछि इरानी नेतृत्वले अमेरिकी सैन्य लक्ष्यहरूविरुद्ध आक्रमण जारी रहने संकेत दिएको छ । उता कतार र अमेरिकाबिच आर्थिक सम्बन्ध पनि निकै बलियो मानिन्छ । गत वर्ष ट्रम्पको खाडी भ्रमणका क्रममा कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सले संयुक्त रूपमा अमेरिकी अर्थतन्त्रमा करिब ३० खर्ब डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण