सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

आँचलको फिल्म ‘एक मुठी बादल’ जेठ १ मा प्रदर्शन हुने

आइतबार, २४ फागुन २०८२, १७ : ११
आइतबार, २४ फागुन २०८२

सारांश

  • चलचित्र 'एक मुठी बादल' जेठ १ गते प्रदर्शन हुने भएको छ।
  • फिल्ममा महिलाहरूको मुख्य भूमिका रहेको छ र यसलाई आरआर फिल्मसले वितरण गर्नेछ।
  • यो फिल्मले नेपाली समाजमा परिवारका सदस्यहरूको सम्बन्धलाई चित्रण गर्छ।

काठमाडौँ । सहारा शर्माको लेखन तथा निर्देशन रहेको फिल्म ‘एक मुठी बादल’ (माई सेयर अफ स्काई) नयाँ वर्षको जेठ १ गते (मे १५) देखि प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

निर्माण पक्षका अनुसार फिल्मका लगभग सम्पूर्ण मुख्य विधामा महिलाहरूको नेतृत्व रहेको छ । गौथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको संयुक्त ब्यानरमा निर्मित यस फिल्मलाई नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ ।

तीन पुस्ताको भावनात्मक उतारचढावलाई समेटेको यस चलचित्रले तीव्र गतिमा परिवर्तन भइरहेको नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यहरूबिचको अपेक्षा, त्याग र व्यक्तिगत आकाङ्क्षालाई रोचक शैलीमा प्रस्तुत गर्ने बताइएको छ । 

प्रदर्शनअघि नै थुप्रै अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरिसकेको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला लगायतका कलाकारहरूको अभिनय छ ।

अभिमन्यु दीक्षितले निर्माण गरेको यस फिल्मको कार्यकारी निर्मातामा निकुन श्रेष्ठ रहेका छन् भने निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामिप्यराज तिमल्सेना र अनुप पौडेल आबद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप